Mon. Nov 25th, 2024

राष्ट्र बैंकको कारबाहीमा परे ५ विकास बैंक र ३ फाइनान्स कम्पनी

काठमाडौं -नेपाल राष्ट्र बैंकले पाँच विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमासमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो ।

त्यस्तै, सो अवधिमा वेस्ट फाइनान्स, रिलायन्स फाइनान्स र प्रोग्रासिभ फाइनान्सलाई पनि कारबाही गरेको छ ।कर्णाली डेभलपमेन्ट बैंकलाई अनिवार्य नगद मौज्दात तोकिएको जति नभएकोले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले नियामकीय व्यवस्थाअनुसार कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात कायम नगरेपछि कर्णाली बैंकलाई २ हजार ५ सय ४६ रुपैयाँ जरिवाना गरेको छ ।

नारायणी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाहीमा निरन्तरता दिएको केन्द्रीय बैंकले सिन्धु विकास बैंकलाई पनि शीघ्र सुधारात्मक कारबाही गरेको छ ।

त्यस्तै, नारायणीले ११ असार २०८१ मा पठाएको वित्तीय विवरण सुपरीवेक्षकीय समायोजनपछि संस्थाको न्यूनतम पूँजीकोष अनुपात ३२।९० प्रतिशतले नपुग भएको जनाएको छ । उसको पूँजीकोष अनुपात ६।७१ मात्रै रहेकाले केन्द्रीय बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको हो ।

त्यस्तै बैंक अध्यक्ष र सञ्चालक समितिलाई संस्थामा गरिएका हरेक निर्णय व्यवस्थापनको सिफारिसमा गरिएको भनी निर्णयको स्वामित्व लिन नखोजी गैरजिम्मेवारपूर्ण तर्क पेस गरेको तथा संस्था सुधारका लागि पटक–पटक दिइएका निर्देशन पालना नगरेकोले सिन्धु विकास बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई राष्ट्र बैंकले ५ लाख नगद जरिवाना गरेको छ ।

त्यस्तै, सिन्धु विकास बैंकको न्यूनतम पुँजीकोष अनुपात ३२।९० प्रतिशतले अपुग भएकाले बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड ९ख० बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सञ्चालक समितिलाई सचेत गराएको छ । बैंकले सर्वसाधारणको जानकारीका लागि दिइने सूचना तथा साधारण सभा तोकिएको अवधिभन्दा ढिला गरेकाले सचेत गराइएको हो ।

About The Author

अन्य समाचारहरु: