काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषदको गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू रहेका छन् ।
ओली नेतृत्वको सरकारमा १९ मन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्।
ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना मन्त्री सरकारमा पठाएका छन्।
यसअघि प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री बनेका विष्णु पौडेलले शपथ लिएका थिए।
यस्तो छ वरीयतासहित क्याबिनेट
१. केपी शर्मा ओली – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल – उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
५. रमेश लेखक – गृह
६. शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
७. आरजु राणा – परराष्ट्र
८. प्रदीप यादव – खानेपानी
९. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१०. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
११. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१२. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१३. तेजुलाल चौधरी – युवा तथा खेलकुद
१४. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
१५. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१६. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१७. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास
१८. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१९. मानवीर राई – रक्षा
२०. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ
२१. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
२२. ऐनबहादुर शाही – वन तथा वातावरण