धादिङ– धादिङ जिल्ला स्तरीय पुरुष कबड्डी प्रतियोगिता आजबाट सुरु भएको छ । धादिङ टाईटन्स क्लबले आयोजना गरेको जिल्ला स्तरीय कबड्डी सुपर लिगमा ६ टिम प्रतिष्पर्धामा छन् ।
क्लवका अध्यक्ष काजी श्रेष्ठका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार नगदसहित पुरस्कार पाउनेछन् । प्रतियोगिताको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले उद्घाटन गरे ।
क्लवको पहिलो स्थापना दिवसको कबड्डी खेलबाट धादिङ जिल्लालाई अन्तराष्ट्रिय जगतमा पु¥याउने उदेश्यले क्लवको स्थापना दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको टाइटन्स क्लवका अध्यक्ष काजी श्रेष्ठले बताए । कार्यक्रम उद्घाटन समारोहमा जिल्लास्थित विभिन्न खेलकुल विधाका प्रमुखहरु र सरोकारवालाहरु उपस्थित थिए ।