Wed. Mar 5th, 2025

कांग्रेस–एमालेले ७ बुँदे सहमति सार्वजनिक गर्ने

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठनको लागि गरेको सात बुँदे सहमति सार्वजनिक गर्ने भएका छन् ।प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दुई दलबीच नयाँ सरकार बनाउन भएको सहमति छिट्टै सार्वजनिक गर्ने बताएका हुन् ।

‘दुई दलबीच भएको सहमति सार्वजनिक भएनन् भनेर धेरै विषय उठे, ’ लेखकले भने, ‘यो सहमति किन प्रकाशन भएन भन्ने छ हामी यो चाँडै प्रकाशित र गरेर राष्ट्र जनतामा समर्पित गर्छौ ।’

आजै दुई दलबीच भएको सहमति सार्वजनिक गर्ने र प्रधानमन्त्रीमा दाबेदारी दिने दुई दलको तयारी छ । राजनीतिक स्थिरताको लागि एमालेसँग मिलेर सरकार गठन गर्न लागेको भन्दै उनले यसलाई अस्वाभाविक रुपमा नलिन आग्रह गरे ।

गत असार १७ गते कांग्रेस र एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार गठन गर्ने सहमति गरेका थिए ।सो सहमति अनुसार केपी ओली पहिलो दुई वर्ष र त्यसपछिको डेढ वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी छ ।

About The Author

अन्य समाचारहरु: