काठमाडौं -सरकारले काठमाडौँ बाहिर जाने र भित्रिने लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा शुक्रबार बसेको सरोकारवालासहितको बैठकले सो निर्णय गरेको हो ।
यात्रुको लागत राख्न र यात्रुको नामबारे थाहा पाउन सघाउ पुग्ने भएकाले यो नियम लागू गर्न लागिएको मन्त्रालयले जनाएको छ ।