Tue. Mar 4th, 2025

कांग्रेस र एमालेको मिलन अँध्यारो कोठामा भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेको मिलन अँध्यारो कोठामा भएको बताएका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रचण्डले कांग्रेस-एमालेको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिइएको बताउँदै अँध्यारो कोठामा गरिएको सहमतिले नै यो कस्तो सहमति हो भन्ने स्पष्ट भएको बताएका हुन् । उनले साच्चैको राष्ट्रिय सहमति गर्न अँध्यारो कोठा नचाहिने बताउँदै आफुले सुशासनका काम गर्न थालेपछि दुई ठुला दल मिलेको दाबी गरे ।

उनले भने- ‘पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा चाहिन्छ रु कसको घरमा गएर सहमति गर्नुभएको छ रु तपाईंहरु राष्ट्रिय सहमतिका लागि र राष्ट्रिय आवश्यकताका लागि मिल्नुभएको होइन । कसैले तपाईंहरुलाई मिलाइदिएको छ ।’

About The Author

अन्य समाचारहरु: