
काठमाडौं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेको दुई वटा बस र यात्रुहरुको खोजी भइरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको टोलीले उद्धार कार्य सुरु गरेको हो ।
दुर्घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको छ ।
आज बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस नदीमा खसेका थिए । काठमाडौबाट गौर जाँदै गरेको गणपतिमा चालक सहचालकसहित ३१ जना र बीरजन्जबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्समा २४ जना यात्रु रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । हालसम्मको जानकारी अनुसार दुबै बसमा सवार यात्रु मध्ये तीन जनाले पौडिएर ज्यान जोगाएका छन् भने दुई जनाको उद्धार भएको छ ।