काठमाडौं– नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’को बुधबार प्रिमियर भएको छ । प्रिमियरमा सहभागी कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तिले मौलिक चलचित्र भएको प्रतिक्रिया दिएका छन् ।
मगर समुदायको संस्कार र संस्कृतिलाई केन्द्रमा राखेर बनेको चलचित्रले त्यसको प्रवर्द्धन र संरक्षणको भूमिका खेलेको प्रिमियरमा सहभागीहरूले बताएका छन् ।
निर्देशक अनिल बुढा मगरले आफूले माटोको कथा भन्ने प्रयास गरेको बताएका छन् । चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।चलचित्र ‘घरज्वाइँ’ यही शुक्रबारबाट रिलिज हुनेछ।
सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन अनु थापालगायतको अभिनय छ ।