Sat. Jul 6th, 2024

धादिङबेसीमा कारभित्र भेटिएको शंकास्पद सुटकेसमा थोत्रा कपडा, सुर्ती र चिजबल

धादिङको सदरमुकाम धादिङबेशी बिचबजारमा पार्किङ गरिराखेको कार भित्र फेलापरेको शंकास्पद वस्तु झण्डै ५ घन्टा पछि नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको छ । नेपाली सेनाको नेपाली सेनाको विज्ञ टोलीले सुटकेस खोलेर हेर्दा थोत्रा कपडा, सुर्ती, चिजबलका पोकाहरु भेटिएको हो ।

अज्ञात व्यक्तीले कारभित्र सुटकेश राखेर हिडेपछि दिनभर बजारमा तनावको स्थिति सिर्जना भएको थियो । शंकास्पद बस्तु फेलापरेपछी बिचबजार बजार क्षेत्र सिल गरिएको थियो ।

धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजारमा पार्किङ गरिराखेको बा १६ च ९१७२ नम्बरको त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको गाडिमा अपरिचित ब्यक्तिले सन्कास्पद बस्तु राखेको हो ।

कारमा शंकास्पद बस्तु राख्ने एक जनालाई सिसिटिभि फुटेजका आधारमा प्रहरीले मलेखु नजिकै फुर्खेखोलाबाट गिरफ्तार गरेको धादिङका प्रहरी उपरिक्षक गौतम केसीले जानकारी दिए। झोलामा भएको शंकास्पद बस्तुको बिसयमा थप अध्यन भैरहेको नेपाली सेनाको शिवदल गणका गणपति अरुण कार्र्कीले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: