Sat. Jul 6th, 2024

नौविसे नागढुंगा सडक असार १९ र २० गते रातीमा बन्द हुने

चिनो सारु (रिता)
धादिङ– पूर्वपश्चिमका जिल्लाहरुबाट देशको राजधानी आउजाउ गर्ने मुख्य नाका नौविसे नागढुंगा खण्ड दुई दिन रातीमा बन्द गरिने भएको छ ।

त्रिभुवन राजथप अन्तर्गत पर्ने नौविसे खोलामा बन्दै गरेको पुलको विमलाई उचालेर पुलमा राख्नको लागिएको र त्यसबेला हुनसक्ने जोखिमलाई मध्यनजर गरेर असार १९ गते र २० गते राती १० बजेबाट विहान ३ बजेसम्म दुई तर्फी सडक बन्द गर्न लागिएको हो ।

दिउसोको समयमा गाडीको चाप बढी हुने भएकोले रातीको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको नागढुंगा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वर बहादुर रिजालले बताए । ‘पुलको आरसिसि विम (प्रिकास्ट ब्रिज गर्डर) पुल भन्दा बाहिरको जमिनमा बनाइएको छ । त्यसलाई क्रेनले उचालेर पुलको दुबैतर्फको पिल्लर (एभिडमेन्ट)मा राख्नुपर्नेछ’, इन्जिनियर रिजालले भने–‘काम नयाँ पुलमा हुने भएपनि पुरानो पुलसँगै रहेकोले काम गर्ने क्रममा आइपर्नसक्ने जोखिमलाई मध्यनजर गरी सडक सवारी रोकेर काम गर्न लागिएको हो ।’

हेभी इक्वीकमेन्टको प्रयोग भइरहँदा सवारी साधन आवागमनमा बाधा पर्न जाने भएकोले सवारीको चाप नहुने समय (रातीको समय)मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधनलाई पूर्ण रुपमा रोकिनेछ । सम्पूर्ण चालकहरुलाई आफ्नो लेनमा अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सूचना जारी गरेको छ ।

उक्त समयमा दुई पाङ्ग्रे तथा साना सवारी साधन प्रयोगकर्ताहरुले वैकल्पिक मार्गको रुपमा धार्के सितापाइला सडक प्रयोग गर्न सक्नेछन् ।

About The Author

Loading...

अन्य समाचारहरु: