Sat. Jul 6th, 2024

धादिङका आयुर्वेद संस्थाहरुबाट यो वर्ष ५९ हजार आठ सयले सेवा लिए

धादिङ– धादिङ जिल्लामा संचालित आयुर्वेद संस्थाहरुबाट यो वर्ष ५९ हजार आठ सय २१ जनाले सेवा लिएका छन् ।

नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा संचालित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट २३ हजार पाँच सय ४६ जना, नागरिक आरोग्य सेवा केन्द्रबाट ११ हजार पाँच सय ७३ र आयुर्वेद औषधालयबाट २४ हजार सात सय दुई जनाले सेवा लिएका छन् ।

जिल्लामा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको रुपमा बिस्तार गरेर सेवा दिने तयारी गरिरहेको छ । स्तरोन्नति भएसंगै चिकित्सालयले १६ बेडको अस्पताल सन्चालनको तयारी भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डाक्टर अमुल्य दाहालले बताउनुभयो ।

पत्रकारहरुसँगको अन्तरक्रियामा धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले आयुर्वेद उपचारको प्रचार बढेसँगै संस्थाहरुमा विरामीको चाप बढेको बताए ।
धादिङ जिल्लामा १० वटा आयुर्बेद संस्थाहरू छन् । चिकित्सालयसहित चार वटा आयुर्वेद औषधालय र पाँच वटा सेवा केन्द्र सन्चालनमा रहेको छ । चिकित्सालयले सेवा आरम्भ गरेपछि बिरामीहरुलाई चौबिसै घण्टा सेवा दिन सकिने छ ।

१६ सैयाको अस्पताल संचालन गर्न मिल्ने आफ्नै भवन नहुँदा सेवा दिन कठिनाई भैरहेको र औषधिको विविधता तथा परिमाण आवश्यकता भन्दा न्यून मात्रै उपलब्ध हुनुले पनि सेवाग्राहीलाई सहज रुपले सेवा दिन अप्ठ्यारो हुने गरेको चिकित्सालय धादिङका प्रमुख दाहालको भनाई छ ।

वैकल्पिक उपचार विधि अन्तर्गत बहिरंग सेवा, प्याथोलोजी ल्याव, अकुपंचर सेवा, पुर्वकर्म र पंचकर्म सेवा, फिजिओथेरापी लगायतको निशुल्क सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम मार्फत ३० वर्ष भन्दा माथीका स्वस्थ व्यक्तिको निशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ ।

भान्साघर औषधालय कार्यक्रम महिला तथा आमा समुहमा गर्दै आएको छ । कार्यक्रम अन्तर्गत भान्सामा चल्ने खानेकुरा र स्वादिलो बनाउन प्रयोग हुने मसलाको मात्राको विषयमा सिकाउने गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: