Sat. Jul 6th, 2024

कोलोम्बियासँग बराबरी खेल्दै ब्राजिल क्वार्टरफाइनलमा

काठमाडौं । कोलोम्बियासँग बराबरी खेल्दै ब्राजिल समूह उपविजेताका रूपमा कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बुधबार बिहान भएको समूह डीको खेलमा ब्राजिल र कोलोम्बियाले १–१ गोलको बराबरी गर्दै अंक बाँडेका हुन्।

खेलको पहिलो हाफमै अग्रता लिएको ब्राजिलले त्यसलाई जोगाउन नसक्दा कोलोम्बियासँग अंक बाँड्न बाध्य भएको हो।

पहिलो हाफको १२औँ मिनेटमा राफिन्हाको गोलमा ब्राजिलले सुरुवाती अग्रता लिएको थियो।

तर पहिलो हाफको इन्ज्युरी समयमा कोलम्बियाले गोल फर्कायो। इन्ज्युरी समयको दोस्रो मिनेटमा कोलम्बियाका डानियल मुनोजले गोल हानेका हुन्। तर दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा टुंगिएको हो।‍

About The Author

Loading...

अन्य समाचारहरु: