Sat. Jul 6th, 2024

फौजी किराले मकै सखाप, धादिङको झार्लाङका किसान चिन्तित

धादिङ -धादिङको खनियाबास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकै सखाप भएको छ । घोगा लाग्ने बेला भएको मकै किराले सखाप पारेपछि किसान चिन्तित बनेका छन् ।

बैशाख महिनामा परेको पानीले नगदेबाली भित्र्याउन नपाएपनि मकै राम्रो फल्ने आशमा रहेका किसान अहिले निरास बनेका छन् । ‘गत बैशाखमा असिना पानीले जौ, गहुँ, केराउ, भर्खरै, आलु लगायत बाली नष्ट भयो । अहिले फेरी घोगा लाग्न थालेको मकै फौजी किराले सखाप पार्दैछ’, झार्लाङका किसान नासुन तामाङ भन्छन्–‘महामारीको चक्रमा त फस्यौं नै । बाली भित्र्याएर जिविको चलाउला भन्ने आश पनि रहेन ।’

खनियाबासको उङ्गुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हु लगायतका करिव एक सय ५० रोपनी जग्गामा लगाएको मकै फौजी किराले सखाप पारेको किसानहरुको भनाई छ । ‘दिनदिनै किराको प्रकोप बढेको छ । औषधि प्रयोग गरेपनि किरा नियन्त्रणमा आएको छैन । चिमोठ्दै मार्दै गरेका छौं । तर फौजी किराको प्रकोप यसरी आयो कि हामीले नियन्त्रण गर्नै सकेनौं । हातैले मारेर साध्य नै भएन’, उनले भने ।

आसपासका सबै किसानले एकै चोटी विषादी हाले मात्रै फौजी किरा नियन्त्रण गर्न सकिने खनियाबास गाउँपालिकाका कृषि शाखा प्रमुख सुस्मिता तिवारीले बताए । ‘फौजी किरा नियन्त्रणका लागि इमिडाक्लोरोपिड, इस्पिनोस्याड विषादी प्रयोग गर्न सकिन्छ’ तिवारीले भन्छन्–‘केही दिन अगाडी किसानले हामीलाई जानकारी गराएपछि विषादी दिएर पठाएका थियौं । थोरै परिमाणमा मात्रै क्षति पु¥याएको थियो । अहिलेसम्म सखापै पारेको भए टोल टोलमा सबै किसानलाई विषादी उपलब्ध गराएर हाल्न लगाउँछौं ।’

सबै किसान मिलेर एकै चोटी छर्किन सके मात्रै नियन्त्रण हुने भएकोले ढिला पाक्ने बालीमा फौजी किरा लाग्ने हुदाँ जति छिटो विषादी हाल्न किसानहरुलाई सुझाव दिएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: