Thu. Jul 4th, 2024

बरु प्रहरी प्रयाेग गर्छु तर शिक्षा क्षेत्रमा गुण्डागर्दी सहिन्न : मन्त्री श्रेष्ठ

?????? ????? ??? ?????????????? ?????? ????? ???????????? ?????? ????? ??????????? ????? ????? ??????? ? ??????? ??????? ?????÷????


काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएका छन् ।सोमवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएका हुन ।

उनले प्रहरी परिचालन गरेर भए पनि विश्वविद्यालयमा राजनीतिक दलका भातृ सङ्गठनको हस्तक्षेपलाई अन्त्य गर्ने जिकिर गरे । उनले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा प्रहरी राखेर अन्तर्वार्ता गर्नुपरेको बताए ।


उनले भने , ‘टीयूमा सेवा आयोगले नयाँ विज्ञापन खोलेको थियो । त्यो विज्ञापन गर्न पाइँदैन भनेर अर्को एउटा समूह उठेछ र तालाबन्दी गरेछ । धम्की दिएछ । प्रहरी राखेर अन्तर्वार्ता गर्नुपर्ने अवस्था आयाे । जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु तर गुण्डागर्दी सहिन्न । दलीय राजनीतिकरण हटाएरै छोड्ने हो ।’


मन्त्री श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) काे नतिजामा शिक्षा मन्त्रालय मात्र नभई सिङ्गो समाज नै आक्रोशित हुनुपर्ने बताए । उनले एसईईमा विद्यार्थी अनुत्तीर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको उल्लेख गरे। शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, अभिभावक, राजनीतिक व्यक्ति सबैले उत्तिकै ध्यान पुर्‍याउनुपर्ने मन्त्री श्रेष्ठकाे भनाइ छ ।

About The Author

Loading...

अन्य समाचारहरु: