Thu. Jul 4th, 2024

हरीत स्वयंसेवकहरूलाई खादामालासहित विदाई

धादिङ । वन डढेलो नियन्त्रण, वन संरक्षण र वन्यजन्तु संरक्षणमा कार्यरत हरीत स्वयंसेवकहरूलाई आजबाट विदाई गरिएको छ ।

डिभिजन वन कार्यालय, धादिङको आर्थिक वर्ष २०८०/०८१ को वातावरण संरक्षण तथा शहरी वन कार्यक्रम अन्तर्गत नियुक्त भइ करीव ५ महिनादेखि कार्यरत हरीत स्वयंसेवकहरूलाई बिदाई गरिएको हो ।

गत फागुनदेखि असारसम्म वन डढेलो नियन्त्रण, वन संरक्षण र वन्यजन्तु संरक्षणमा खटिएका स्वयंसेवकहरूलाई धादिङ जिल्ला समन्वय प्रमुख नवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे तथा धादिङ डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यले फूलको गुच्छा, प्रमाण पत्र तथा खादा प्रदान गर्नुभयो ।

हरित स्वयंसेवहरूलाई फिल्डमा सहजीकरण गर्ने कार्यालयका चालक तथा सवरहरूलाई समेत सम्मानपत्र प्रदान गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: