Tue. Nov 26th, 2024

नेपाली विद्यार्थी विश्वमै उत्कृष्ट

252395628561

१२ भदौ, काठमाडौं – नेपाली विद्यार्थी सिर्जना भण्डारी गौतमले एसोसिएसन अफ चार्टर्ड सटिफाइड अकाउन्टेन्ट्स एसीसीएमा विश्वमै सबैभन्दा बढी अंक ल्याएर प्रथम भएकी छन् ।लन्डनमा अध्ययनरत उनले २१ हजार तीन सय सात जना परीक्षार्थीलाई पछि पार्दै ८९ अंकका साथ प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् ।

चितवनको लंकु ६ निवासी सिर्जनाले गत जुनमा एसीसीए पी वानको परीक्षा दिएकी थिइन् । चितवनको अर्किड कलेजबाट ए लेभल उत्तिर्ण गरेपछि उच्च शिक्षाका लागि सन् २०१० मा उनी लन्डन पुगेकी थिइन् । उनले लन्डन मेट्रोपालिटन युनिभर्सिटीबाट म्याथ एण्ड अकाउन्टिङमा व्याचलर्स डिग्री गरेर एसीसीए पढ्न थालेको वी नेपालीले जनाएको छ ।

नतिजा सुनेपछि खुसी हुँदै उनले आफ्नो मेहनत, लगाव, परिवारको साथ र सहयोगले आफू सफल भएको बताइन् ।सिर्जना अहिले लन्डनस्थित एक व्यवस्थापन कम्पनी ‘एम एण्ड जी’मा काम गर्दै आएकी छन् ।

About The Author

अन्य समाचारहरु: