Tue. Jul 2nd, 2024

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने

काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीहरूले अनलाइनबाटै पुनर्योग निवेदन दिन सक्ने भएका छन् ।

कार्यालयमा विद्यार्थीको चाप घटाउनका लागि यस वर्षदेखि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था मिलाएको राष्ट्रिय परीक्षा बोर्डका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने उनले बताए ।

त्यस्तै अनलाइनमा कसैको नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्रको प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ विभागमा सिधै निवेदन दिन पनि सकिने व्यवस्था गरेको अध्यक्ष शर्माले बताए ।

गएको चैत १५ गतेदेखि शुरु भएको परीक्षाको नतिजा आज सार्वजनिक भएको हो । परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत अर्थात् दुई लाख २२ हजार चार सय ७२ जना मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।

परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ६५ जना सहभागी भएका थिए । ननग्रेडिङु हुने दुई लाख ४२ हजार तीन सय १३ जनामध्ये बढीमा दुई विषयमा ‘एनजी’हुने एक लाख १५ हजार आठ सय ३४ जना आउँदो साउन १८ र १९ गते हुने ‘ग्रेड’ वृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले जानकारी दिए ।

एक महिनामै नतिजा प्रकाशन हुने भएकोले उनीहरू ग्रेडिङ भएमा यही वर्ष कक्षा ११ मा भर्ना हुन पाउँछन् ।

About The Author

Loading...

अन्य समाचारहरु: