Sun. Jun 30th, 2024

जननेता मदन भण्डारीको जन्मोत्सवमा वतृत्वकला, एड्भान्सका संगम लम्साल प्रथम

धादिङ- ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ’ भन्ने यो भनाईको धादिङबेशीमा निकै चर्चा भयो । नेपालको कम्यूनिष्ट आन्दोलनमा मदन भण्डारीको योगदान बारे आयोजित वतृत्वकलाका प्रतिस्पर्धीहरुले त यो भनाईहरुले त छुटाएनन् नै कार्यक्रममा बोल्ने वक्ताहरुले पनि भण्डारीको यहि भनाईलाई दोहोर्याइ रहे ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७३ औँ जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन धादिङले आयोजना गरेको कार्यक्रममा कम्यूनिष्ट पार्टीको इतिहासमा जनताको वहुदलिय जनवाद (जवज) सिद्धान्त प्रतिपादन गर्ने मदन भण्डारीको योगदानका बारे चर्चा गरिएको हो ।

नेपालको कम्यूनिष्ट आन्दोलनमा उनको योगदान अतुलनिय रहेको विद्यार्थीहरुको प्रस्तुतिमा प्रष्ट देखिन्थ्यो । जनताको बहुुदलिय जनवाद र शासन मार्फत जनताको विचार र विकासको कुरा समेत उठाउँदै अन्र्तारष्ट्रिय स्तरमा समेत अर्को कार्लमाक्सं भएको समेत विद्यार्थीहरुले जोड दिए । बिक्रम सम्बत २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको चितवनको दासढुंगामा रहस्यमय दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो ।

नेकपा एमालेका तत्कालीन महासचिव तथा जनताको बहुदलिय जनवादका प्रवर्धक मदन भण्डारीसंग समकालिन राजनितिक आन्दोलनहरुमा सहभागी भएका नेकपा एमाले केन्द्रीय सदस्य एवम् धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले मदन भण्डारीको प्रशंसा गर्दै भण्डारीसँगका विगतका दिनहरु सम्झेर आँसु खसेको बताए । ‘सादा जीवन उच्च विचार सिद्धान्त भण्डारीको जीवनमा लागु भएको थियो । मदन तत्कालीन अवस्थामा एमालेका महासचिव भएपनि अहिलेको राजनिति मदनकै विचारले अघि बढेको छ’ उनले भने– ‘देवकोटाले जिवित देवता जनता भन्ने मदन जनताका सच्चा राजनेता भएको हो ।’

२०५० जेठ ३ गते मारिएका भण्डारीले २०६२÷६३ को आन्दोलनको नेतृत्व गर्दै अहिले पनि उनको विचारले नेतृत्व गरेको नेकपा एमाले जिल्ला अध्यक्ष भुमि त्रिपाठीले बताए । कार्यक्रममा मदन भण्डारकिो जन्म र मृत्युमात्र नभएर जनताको विकासको प्रगतिको पथमा लाग्नु पर्ने प्रेरणा मिलेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । भण्डारीले जस्तै सादा जीवन उच्च विचारका साथ लाग्ने हो भने देशले फड्को मार्ने उनीहरुको भनाई छ । नेकपा एमाले धादिङका सचिव राधिका सापकोटा, मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उमेश थापा, सदस्य हिरा रेग्मी लगायतले मदन भण्डारीको योगदानबारे चर्चा गरेका थिए ।

१७ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरु सहभागी रहेको वक्तृत्वकला प्रतियोगितामा एड्भान्स् एकेडेमीका संगम लम्साल प्रथम, महाविरचुली बोर्डिङ स्कुलका रितु लामिछाने र महालक्ष्मी माध्यमिक विद्यालयका जेनिन ढकाल द्वितिय, सुनौलो भैरवी माध्यामिक विद्यालयका प्रशंसा श्रेष्ठ तृतिय र जनकल्याण माध्यामिक विद्यालयका समृद्धि दाहाल सान्त्वना भएका छन् । पुरस्कृत प्रथम द्वितिय, तृतिय र सान्त्वना भएका विद्यार्थीहरुलाई क्रसशः १५ हजार, १० हजार र ५ हजार र ३ हजार नगद सहित प्रमाण–पत्र प्रदान गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: