Sun. Jun 30th, 2024

‘वाम्पायर्स अफ विजयनगर’ मा आयुष्मानको जोडी रश्मिका

काठमाडौं – फिल्ममेकर दिनेश विजनको हरर युनिभर्सका फिल्मले बक्स अफिसमा एकपछि अर्को सफलता हासिल गरिरहेका छन् । सन् २०१८ मा श्रद्धा कपुर स्टार ‘स्त्री’ बाट सुरु भएको यो युनिभर्सको पछिल्लो फिल्म ‘मुन्ज्या’ हो भने ‘स्त्री २’ प्रदर्शन तयारीमा छ ।

अब यो हरर युनिभर्सले अब अर्को फिल्म ल्याउने तयारी गर्दैछ, जसमा आयुष्मान खुराना मुख्य भूमिकामा रहने तय भइसकेको छ । यसबारे नयाँ खबर छ, फिल्ममा ‘पुष्पा’ अभिनेत्री रश्मिका मन्दानाको ‘इन्ट्री’ हुने भएको छ । फिल्मको नाम ‘वाम्पायर्स अफ विजयनगर’ राखिएको छ ।

रणवीर कपुरका साथ ‘एनिमल’ मा जबर्जस्त भूमिका निभाएकी रश्मिकालाई प्रस्ताव आएका फिल्मको सूची लामै छ । उनले ठूला प्रोजेक्टहरु साइन गरिसकेकी छन् । भारतीय मिडिया पिंकभिल्लाका अनुसार ‘वाम्पायर्स अफ विजयनगर’ मा आयुष्मानको अपोजिटमा रश्मिका हुनेछिन् ।

यो फिल्म यसै वर्षको अन्त्यबाट छायांकनमा जाने जनाइएको छ । यो फिल्ममा आयुष्मान र रश्मिकाले पहिलोपटक स्क्रिन सेयर गर्दैछन् । यसअघि यो फिल्ममा साउथ अभिनेत्री सामन्था रुथ प्रभुले अभिनय गर्ने चर्चा थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: