
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल गएका छन् ।
आउँदो बुधवार र बिहीवार ब्राजिलको साओ पाउलोमा बैठक हुँदैछ । मेयर शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य पनि रहेका छन् । मेट्रोपोलिस विश्वका ठूला महानगरका बीचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने उद्देश्यका साथ स्थापित अन्तर्राष्ट्रिय संस्था हो ।
शहरी आवास र भवनहरूको विषय निर्देशक बोर्डमा छलफलको मुख्य विषय रहेको छ । शहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ ।