११ भदौ,काठमाडौँ – उच्च माध्यमिक शिक्षा परिषद्, भक्तपुरले कक्षा १२ को विज्ञान संकायको परिक्षाफल सार्बजनिक गरेको छ ।
शुक्रबार सार्वजनिक नतिजा अनुसार ७ हजार १ सय ६५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ ७१।६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । भने आंशिकतर्फ ४४.३० प्रतिशत विद्यार्थी उत्र्तीण भएको उच्च माध्यमिक शिक्षा परिषद्ले जानकार दिएको छ ।
वैशाख १२ गतेको भूकम्पका कारण यस वर्ष १२ कक्षाको परीक्षा २ चरणमा गरिएको थियो ।
नतिजा थाहा पाउनका लागि
HSEB<space>Symbol-No टाइप गरी ५००१ मा पठाउने । उदाहरण Hseb 1234567 टाइप गरी ५००१ मा पठाउने ।