Sun. Mar 9th, 2025

एक गाग्री पानी लिन पाँच घन्टा लाइन

salyantar dhara

सिन्धुली – रानीबास ६ चन्दनपुरमा वर्षाको बेलामा पनि खानेपानी हाहाकार भएको छ । यहाँका स्थानीय पानीका लागि पाँच घन्टासम्म लाइनमा बस्ने गरेका छन् ।

गाउँनजिक खानेपानीको कुनै स्रोत नहुँदा चार घन्टा हिँडेर खोला पुग्नुपर्ने बाध्यता रहेको चन्दनपुरकी रन्जु अधिकारीले बताइन् । सो स्थानमा रहेको सेनाको गुल्मले स्थानीयलाई खानका लागि एउटा धाराको व्यवस्था गरेको छ । तर, सो धारोमा निश्चित समयका लागि मात्र पानी आउने भएकाले लामो लाइन हुने गरेको अधिकारीले बताएको  छ ।

चन्दरपुरमा रहेको सेनाको गुल्मले चन्दरपुरबासीलाई दिनमा एक पटक पानी दिने गरेको छ । सेनाले धारो कहिले ढिलो खोल्ने र कहिले चाँडो खोल्ने हुँदा स्थानीयलाई झन समस्या भएको अधिकारीले बताइन् । साँझ पाँच बजेदेखि बुलुका ८ बजेसम्म पानी दिने भने पनि कहिले छिट्टै बन्द गरिने गर्दा आफूहरु समस्यामा परेको स्थानीयको गुनासो छ ।
नयाँ पत्रिकाबाट

About The Author

अन्य समाचारहरु: