Sun. Mar 16th, 2025

सन्दीप लामिछानेको भिसाका लागि सरकारले उचित पहल गरेन :विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सन्दिप लामिछानेको भिसाका लागि सरकारले उचित पहल नगरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

विगतमा आरोप लागिरहेको अवस्थामा मैदानमा उत्रनुहुन्न भनेर भनिएको भएता पनि अहिले अदालतले नै निर्दोष ठहर गरिसकेको अवस्थामा सन्दिप लामिछानेले विश्वकप क्रिकेट खेल्न नपाउने अवस्थामा सरकार समेत जिम्मेवार रहेको उनको भनाइ छ ।

‘हिजो आरोप लागिरहेका बेला शिरमा मुद्दा बोकेर मैदानमा उत्रनुहुन्न हामी कैयौंले भन्यौं। तर, सम्मानित अदालतले निर्दोष साबित गरिसकेपछि यसबेला सन्दीप लामिछाने विश्वकपको मैदानमा हाम्रो प्रतिनिधित्व गरेर खेलिरहनुभएको अवस्था हुनुपर्थ्यो’ महामन्त्री शर्माले भने ।

About The Author

अन्य समाचारहरु: