Sun. Mar 16th, 2025

आईसीसी टी–२० विश्वकप : युगाण्डाले पपुवा न्यूगिनीलाई तीन विकेटले हरायो

काठमाण्डौ – आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह ुसीु को खेलमा युगाण्डाले पपुवा न्यूगिनी ९पीएनजी० लाई तीन विकेटले हराएको छ । पीएनजीले दिएको ७८ रनको लक्ष्य युगान्डाले १८ ओभर दुई बलमा सात विकेट गुमाएर भेट्टायो ।

युगाण्डाका लागि रियाजत अली शाहले सर्वाधिक ३३ रन बनाए । पीएनजीका लागि अले नाओले दुई विकेट लिए । यस्तै नर्मन भानुआ, चाड सोपर र असद वालाले समान एक विकेट लिए ।

यसअघि अमेरिकाको प्रोभिडेन्स क्रिकेट मैदानमा पपुवा न्यूगिनी १९ ओभर एक बलमा ७७ रनमा अल आउट भयो । उसका लागि हिरि हिरिले १५ रन बनाए ।

About The Author

अन्य समाचारहरु: