Sun. Mar 16th, 2025

बलात्कार आरोपित विरुद्ध मुद्दा दर्ता

धादिङ
१५ वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिका- १ का २० वर्षीय तिलक कुमाल विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ०८१ जेठ २१ गते जबरजस्ती करणी मुद्दा दर्ता भएको छ ।

०८० चैत २८ गतेदेखि ०८१ जेठ १५ गतेसम्म बलात्कार गरेको पीडित पक्षले जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी तथा डिएसपि मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

उजुरी पछि आरोपितलाई जेठ २० गते गिरफ्तार गरि जिल्ला अदालतको जेठ २१ गतेको अनुमतिले ५ दिन म्याद थप गरि हिरासतमा राखिएको छ । पीडितको धादिङ अस्पतालमा जेठ २० गते स्वास्थ्य परिक्षण भयो ।

About The Author

अन्य समाचारहरु: