
काठमाण्डौ – न्यूरोडमा फुटपाथ विस्तारको लागि भत्काएको ठाउँमा सडक विभागले टाल्न थालेपछि काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश पोखेका छन्। आज बिहान सडक विभागले काम थालेपछि मेयर बालेनले गिरिबन्धुको जग्गा सट्टापट्टाको विषयलाई ओझेलमा पार्नको लागि फुटपाथ विस्तार कार्यमा अवरोध गरिएको दाबी गरेका हुन्।
उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम तोकेर गिरिबन्धुको काण्ड लुकाउन र नागरिकलाई भुलाउन राज्यको सबै शक्ति लगाएर न्यूरोडमा बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थालेको भन्दै आक्रोश पोखेका हुन् ।