काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकार सँगसँगै कर्तव्य भुल्न नहुने तथ्य औंल्याएको छ ।
१७औं गणतन्त्र दिवसको अवसरमा आज शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले अधिकार आजकै दिन प्राप्त भएको भन्दै सवैलाई कर्तब्य पालनामा जोड दिएका हुन्।
‘गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ । जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफैं गलत छ । हामीले अधिकार पाएका छौं, सँगसँगै कर्तव्य पनि नभुलौं,’ अध्यक्ष ओलीको सन्देशमा भनिएको छ । ।
उनले गणतन्त्रमा मात्र आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइने प्रष्ट मान्यतासमेत राखिएको छ। ‘कहिलेकाहीं हामी गलतलाई चुन्न सक्छौं, तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन । गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ,’ अध्यक्ष ओलीको सन्देशमा भनिएको छ ।
आज गणतन्त्र दिवस । एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैंले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिन । गणतन्त्र दिवसको सबैलाई शुभकामना !