Tue. Nov 26th, 2024

शेयर बजार सामान्य बढ्यो, कारोबार रकम भने घट्यो

काठमाण्डौ – शेयर बजार आज सामान्य बढेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ दशमलव २७ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, होटल र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमा भने नकारात्मक सर्किट लागेको छ ।

About The Author

अन्य समाचारहरु: