
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ चौडा बनाउने कार्यको विरोध भएको छ । सडकलाई साँघुरो बनाएर फुटपाथ चौडा बनाउन लागेको भन्दै सोमबार विरोध प्रदर्शन भएको हो ।
स्थानीयवासी सोमबार विरोध स्वरुपमा न्युरोड सडकमा एकअर्काको हात समाएर प्रदर्शनमा उत्रिएका हुन् । सडकलाई खुम्च्याएर फुटपाथको चौडा बनाउने महानगरको निर्णयको स्थानीयले विरोध जनाएका हुन् ।