धादिङ-नेकपा एमाले नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा शालिकराम दुवाडी सर्वसम्मत निर्वाचित भएका छन् ।
आइतबार ससाह ज्यामिरेमा सम्पन्न दोस्रो वडा अधिवेशनबाट दुवाडी पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । दुवाडीबशालिन र भद्र नेताका रुपमा परिचित छन् ।
१५ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा विष्णुहरि लम्साल, सचिवमा केशव कोइराला, उपसचिवमा पार्वती श्रेष्ठ र बिमला कोइराला निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा जीत बहादुर कुमाल, बाबुराम श्रेष्ठ, राजु वि.क, रेकमान तामाङ, सितामाय कुमाल, देवकि कोईराला, राम प्रसाद लम्साल, कल्पना श्रेष्ठ, राजिव रिजाल चयन भएका छन् ।
अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य एवं धादिङ जिल्ला क्षेत्र नम्बर २ (क)का इन्चार्ज इश्वरी प्रसाद अधिकारीले नेपाली कांग्रेसको दबदवा चलेको वडा नम्बर ८ को नेतृत्व २०८४ सालको निर्वाचन पछि एमालेले लिने बताए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी धादिङका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ ’गोर्खाली’, सचिव राधिका सापकोटा, नीलकण्ठ नगर कमिटीका इन्चार्ज वेनी पाठक, नीलकण्ठ नगर कमिटीका अध्यक्ष काजी श्रेष्ठसहित जिल्ला र नगर कमिटीका पदाधिकारी एवं नेताहरुले सम्बोधन गरेका थिए ।