काठमाण्डौ – शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो ४५ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ५४ अङ्कले बढेर दुई हजार ९२ विन्दुमा पुगेको छ ।
आज फाइनान्स, बीमा, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार, बैकिङ समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज सामुदायिक लघुवित्त, बुद्ध भूमि हाइड्रोपावर, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन उपकार लघुवित्त कम्पनीको शेयर भने सात प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । आज तीन सय १५ वटा कम्पनीका एक करोड ४३ लाख कित्ता शेयर पाँच अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएको छ ।