धादिङ – बिहानको सात बजेको छ । धादिङबेसीस्थिति कृषि विकास बैंकको मूलढोकामा ठूलो ताल्चा झुन्डिरहेको छ । तर, ढोकाबाहिर सडकमा २० जना वृद्धावृद्धा लस्करै बसेका छन् । सडकमै बसेका वृद्धवृद्धा देखेर पैदलयात्री अनुमान लगाउँछन्, ‘कुनै आन्दोलन वा धर्ना होला ।’ तर वास्तविकता भने फरक छ ।
उनीहरु वृद्धभत्ता लिन कृषि विकास बैंकमा बिहानै आइपुगेका हुन् । नजिकै घर भएर बिहानै बैंक पुगेका पनि होइनन् । उनीहरु नीलकण्ठ गाविस एकको चिसापानीदेखि एक दिन पैदल हिँडेर अघिल्लो साँझ सदरमुकाम आइपुगेका हुन् । उनीहरु भोलिपल्ट बिहानै भत्ता लिन बैंकको मूलगेटमा बसेको छ ।
नीलकण्ठ १ चिसापानीबाट आएका भूपाल गुरुङले भने-‘१० बजे बैंक खुल्नेबित्तिकै भत्ता लिन पाए आजै घर र्फकन पाइन्थ्यो भनेर बिहानै आएका हौं ।’
सरकारले वृद्धवृद्धा, विधुवा र अपांगता भएकालाई दिने सामाजिक सुरक्षाभत्ता बैंकमार्फत भुक्तानी दिने व्यवस्था गरेपछि नीलकण्ठ नगरपालिकाका वृद्धवृद्धा सास्ती खेप्न बाध्य छन् । अन्नपूर्ण पोस्टबाट