Thu. Jul 4th, 2024

गठबन्धन र स्थीरता

माधव गुरुङ
गत साता सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री अमेरिका भ्रमणका समयमा मुलुक भित्र जसपा नेपालका लागी अनपेक्षित घटना हुन पुग्यो । सरकार भित्रै रहेका गठबन्धन दल निक्कै गोप्य ढंगबाट अचानक विभाजन भयो । सरकारका नेतृत्वकर्ता माओवादी केन्द्रका अध्यक्षले सरकारको नेतृत्व सम्हाले यता गरेको कहिले दायाँ र कहिले बाँया कोल्टे फेराईका विच भएको यो राजनैतिक परिघटना सबैका लागी आश्चर्यजनक नै रहेको देखिन्छ । तत्कालीन समयमा केपी ओलीको सरकार विघटन भएपछि लगातार रुपमा एमाले विरुद्ध एक भएका काँग्रेस नेतृत्वको गठबन्धनले चुनावमा समेत एक भएर जनादेश लिएर आएको सन्र्दभमा सरकारको नेतृत्व कासले लिने भन्ने रस्साकस्सीका विच भएको अन्र्तविरोधका विचमा एमालेले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गरेपछि भत्किएको एमाले विरोधी मोर्चा फेरी राष्ट्रपतिको निर्वाचनका समयमा एकाकार भयो ।

सरकारबाट बाहिरिनुको पीडा भन्दा पनि एमालेका लागी काँग्रेस नेतृत्वको मोर्चा कसिलो बन्दै गयो भने राष्ट्रिय दल बन्न नसकेको समाजवादी मोर्चाको राजकिय प्रभावले एमालेबाट बाहिरिएकाहरुलाई समाहित गर्न कठिन त हुन्छ नै साथमा एमालेको राजनैतिक स्पेश पनि साँघुरिदै जानसक्छ भन्ने डर पनि उत्तिकै रहेको थियो । मिशन ८४ लाई लक्ष्य बनाएको एमालेका लागि एकीकृत समाजवादीको उपस्थिति कति हानिकारक हुन्छ भन्ने कुरा उसले गत ७९ को चुनावमा धेरै स्थानमा जित्दा जित्दै हार्नुको कारण एमालेको संगठित मत समाजवादीले काटेकै कारण हो भन्ने कुरा नबुझ्ने कुरै भएन । यस्तोमा एमालेले काँग्रेस नेतृत्वको गठबन्धन भत्काउन पहल गरिरहनु कुनै नौलो भएन।त्यसैको फलस्वरुप एमालेले माओवादी केन्द्रलाई फेरी काँग्रेसको पकडबाट निकाल्दै गर्दा प्रारम्भिक चरणमा एकीकृत समाजवादीलाई वेवास्ता गरेको कुरा जगजाहेरैछ ।

चुनाव सम्पन्न भएपछि आएको मत परिणामले अहिलेको संसदमा कसैको पनि स्पष्ट बहुमत संख्या पर्याप्त नभएको अवस्थामा साना दलहरुको महत्व र बार्गेनिङ क्षमता विस्तार भएका तथ्य त ३२ सिट भएका प्रचण्डले एमाले र काँग्रेसको काँध पालै पालो फेरेको कुराले नै स्पष्ट हुन्छ तर नयाँ गठन्धनमा जर्बजस्ती तानिएका एकीकृत समाजवादीको मुख्य नेतृत्व गठबन्धनका सवालमा शुरु देखिनै नकारात्मक रहेको देखिन्थ्यो। हुनत कतिपयले माधव कुमार नेपाल नयाँ गठबन्धन प्रति नकारात्मक हुनाको कारण एमाले अध्यक्ष केपी ओलीको छुच्चो व्यवहार र उनको कार्यशैलीलाइ मानेको देखिन्छ भने कतिपय चाही माधव कुमार नेपालको भित्र रहेको कुण्ठा जिम्मेवार रहेको मान्छन् । त्यस बाहेक भुराजनीतिक चलखेलले पनि नेपाल भित्र कस्तो गठबन्धन बन्ने नबने भन्ने कुरा निक्र्याैल गर्ने कुरालाइ नजर अन्दाज गर्न सकिन्न । एमालेका अरुचीका वावजुद बाध्यताका कारण वा माधव नेपालका अनिच्छा भएपनि नयाँ गठबन्धनमा एकीकृत समाजवादी सरकारमा आइसके पछि पनि एकीकृत समाजवादीका असन्तुष्टिहरु लगातार रुपमा बाहिर आइरहेको अवस्थामा धेरैले एमाले नेतृत्वको गठबन्धन धेरै पर जान नसक्ने आँकलन गरिरहेको देखिन्थ्यो । यसै मेसोमा माधव कुमार नेपालले प्रधानमन्त्रीको ग्यारेन्टी खोजिरहेको र काँग्रेसका तर्फबाट गठबन्धन भत्काउन माधव नेपालको महत्वकांक्षा महत्वपुर्ण कडी हुन सक्ने भएकोले उसले एकीकृत समाजवादीका नेता माधव कुमार नेपालललाई त्यस खालको प्रलोभनमा पनि पारिसकेको र उपेन्द्र यादव पनि दोस्रो चरणमा प्रभानमन्त्री हुने गरी एमाले, माओवादी र रास्वपा बाहेकको समीकरणको खाका बन्दै गरेको भन्ने बजार हल्लाका बीच एक्कसी जनता समाजवादी पार्टी नेपाल विभाजन हुनुलाई धेरैले आश्चर्यपुर्ण मानेका छन् । सरकारी गठबन्धन प्रति खासै विमत्ति नराखेका तर माधव कुमार नेपालको सहभागिता सुनिश्चितता भएपछि मात्र गठबन्धमा सामेल भएका उपेन्द्र यादवको पार्टी विभाजनले तत्कालका लागी सरकारको आयु लम्बाइदिएको देखिन्छ।जसपा विभाजन उसका आन्तरिक किचलो जति जिम्मेवार छ त्यत्तिकै जिम्मेवार सत्ता राजनीति पनि रहेको देखिन्छ ।जसपाको यो विभाजनले एक तीर दुई निशानको काम चाही पक्कै गरेको देखिन्छ । किनभने यसले तत्कालका लागी काँग्रेसको एमाले माओवादी बाहेकको गठबन्धन बन्ने सम्भावना समाप्त गरिदिएको छ भने अर्कोतिर एकीकृत समाजवादीलाई पनि त्रासमा राखेर आफुभित्रै बाँधेर राख्न सफल भएको छ ।

हुनत कतिपय विश्लेषको के धारणा छ भने यतिखेर छिमेकी मुलुक भारत निर्वाचनको माहोलमा रहेका कारण पनि यो गठबन्धन निरन्तर रहेको हो चुनाव पछि नयाँ बन्ने मोदी सरकारले फेरी पनि आफु अनुकुलको गठबन्धन तयार गर्छ भन्ने मतहरु पनि बजारमा सुन्न सकिन्छ ।नयाँ सरकार बने पछिका समयमा भारत सरकारका तर्फबाट भए गरेका व्यवहार र असन्तुष्टिले पनि उ अहिलेको गठबन्धन प्रति सकारात्मक छैन भन्ने कुरा बुझ्न सकिन्छ । यस्तोमा उसले नेपालका राजनैतिक दलहरुको विवाद भित्र खेल्न सक्ने सम्भावनालाई नकार्न सकिन्न । यस बाहेक एकीकृत समाजवादीको भुमिका आगामी दिनमा कस्तो रहन्छ भन्ने कुरा पनि उत्तिकै महत्वपुर्ण रहेको देखिन्छ।पार्टीका रुपमा विस्तार हुनका लागी एकीकृत समाजवादी भित्रै थुप्रै चुनौतीहरु रहेको देखिन्छ । एमालेकै लिगेसी बोकेर एमाले भन्दा भिन्न हुन सक्ने आधार नभएको तथ्य एकातिर छ भने अर्को तिर एकीकृत समाजवादी अलग्गै पहिचान भएको पार्टीका रुपमा स्थापित हुनका लागी उसले एमाले वा अन्य दल भन्दा फरक विचार र कार्यक्रम तय गर्न सक्नुर्पछ तर त्यो उसका लागी किन पनि सम्भव छैन भने एमाले बन्नका लागी जुन विचार, र उर्जा उनीहरुले खर्चिए त्यसले बनेको संगठन भनेको एमाले नै हो अनि त्यही संगठनका आधारमा बलियो भएको एमाले जनाधार भत्काउन सहज छैन भन्ने कुरा एमालेले प्रतकिुल समयमा पनि कायम गरेको जनाधारले स्पष्ट र्गदछ । यस हिसाबले एमाले भन्दा पृथक राजनैतिक शक्ति निमार्ण गर्न सम्भव होला तर एमाले जस्तै चाही बनाउन कठिन देखिन्छ ।

यसरी एमाले र एकीकृत समाजवादीको टकरावका बीच अहिलेको गठन्धन कुन रुपमा अघि बढ्छ भन्ने कुराले एकातिर गठबन्धनको भविष्य तय गर्छ भने अर्कोतिर काँग्रेसले सहकारी प्रकरण रास्वपालाई कुन हदसम्म गलाउन सक्छ भन्ने कुराले पनि गठबन्धनको भविष्य निर्धारण गर्दछ ।गठबन्धन बन्ने भत्कने क्रममा पार्टीहरुको विचार र कार्यक्रमले निर्धारण गर्नु पर्छ भन्ने मान्यता राख्ने हो भने अहिलेको गबन्धन बैचारिक हिसाबले बढी सजातीय लाग्न सक्छ किनभने यसमा रहेका अधिकांश दलहरु वाम विचारधार बोक्नेहरु रहेको देखिन्छ । तर पनि एमाले र समाजवादीको कटुतापुर्ण सम्बन्धका कारण सबै वाम एक ठाम हुन नसकिरहेको देखिन्छ ।त्यसो त एमाले र माओवादीले अहिलेको गठबन्धनलाइ वाम एकताका लागी नभएको तर सहकार्य मात्र भएको भनेकोले एकीकृत समाजवादी त्यत्ति खुलेर नआएको पनि मान्छन् तर कतिपयको धारणा के छ भने अहिले संसदको समीकरणमा वामहरुको बाहुल्यता भएपनि सरकारका लागी पर्याप्त नभएका कारण वामपन्थी सरकार वाम वामगठबन्धन भनिएको अवस्थामा रास्वपा लगायतमा गैरवामपन्थीहरुलाई समेट्न नसकिने अनि दक्षिणका छिमेकी यस गठबन्धनका सवालमा उदार नभएका कारण उसले जुनसुकै बेलामा चलखेल गर्न सक्ने भएकोले एमालेले र माओवादीले वामपन्थी एकताका पक्षमा खेलेर नलागेको भन्नेहरु पनि देखिन्छन् ।

जेजस्तो भए पनि संसद भित्रको अंकगणितिय समीकरणले सरकार र गठबन्धन फेरिहरने कुरालाई नकार्न सकिन्न तर पनि संसदको यो कार्यकाल भित्र कस्ता कस्ता विसंगति र असंगत चलखेलहरु हुन्छन दलहरुका ती गतिविधिले जनतामा कस्तो सन्देश प्रवाह गर्छन अनि मुलुकको विकास र प्रगतिमा कस्तो प्रभाव पर्छ आगामी दिनहरुमा प्रष्ट हुदै जानेछ ।

About The Author

Loading...