तनहुँ – तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा किसानलाई माछाको भुरा वितरण गरेको छ ।
व्यावसायिक रूपमा माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न सात वटै वडाका किसानलाई ५४ हजार तीन सय माछाका भुरा वितरण गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर विनय शाहले जानकारी दिए । लामो समयदेखि माछापालन व्यवसायमा आबद्ध किसानसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेको र निवेदन प्राप्त भएका २७ जना किसानलाई भुरा वितरण गरिएको उनले बताए ।
शाखा प्रमुख शाहका अनुसार किसानलाई तातो हावापानीमा हुर्किन सक्ने कमन कार्प जातका भुरा वितरण गरिएको छ । यो माछा एक वर्षमा दुई किलोसम्म हुने उनले बताए।
गाउँपालिकाले सङ्घीय सरकार कृषि अनुसन्धान केन्द्र मातहतको मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट प्रति भुरा ५० पैसामा खरिद गरेको हो ।