धादिङ-देशको अस्तित्व जगेर्नाको लागि तत्काल राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताएका छन्।
अहिलेको संसदले जनतालाई आशावादी बनाउन नसकेको र अराजकताको अवस्थामा देश पुगेकोले साझा राष्ट्रिय दृष्टिकोण बनाउनु पर्नेमा उनले बताए । प्रेस सेन्टर नेपाल धादिङले शनिबार विहान धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व सभामुख समेत रहेका सापकोटाले संसदलाई सहमतिपूर्वक सुचारु गरेर संसदलाई जिवन्त, गतिशील र जनमूखी बनाउनु पर्नेमा जोड दिएका छन् ।
‘राष्ट्रिय सहमतिमा जति ढिला ग¥यो देशको अस्तित्वमाथी प्रश्न चिन्ह खडा हुन्छ । सहमति सहकार्य र समन्वय गर्दै अघिबढ्नुपर्छ’, उनले भने।
पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सापकोटाले आगामी बजेटले कृषि क्षेत्रलाई सर्वाधिक महत्व दिएर नवप्रवर्धनमा जोड दिने खालको बजेट ल्याउनु पर्ने विचार व्यक्त गरे । समाजवाद अर्थात सबैका लागि समृद्धि हुने निति कार्यक्रम र बजेट सरकारले ल्याएर देशलाई विकासको बाटोमा अघि बढाउने बताए ।