सोलुखुम्बु । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको पर्यटन विभागको अस्थायी ‘फिल्ड’ कार्यालय प्रमुख खिमलाल गौतमले जानकारी दिए ।
कार्यालय प्रमुख गौतमका अनुसार शुक्रबार बिहान ५ बजे ‘रुट फिक्सिङ’ टोलीले आरोहणका लागि बाटो निर्माणको काम सुरु गरेको थियो । ‘उहाँहरू शुक्रबार राति ८ः१५ बजे शिखरमा पुग्न सफल हुनुभयो, अब यस सिजनका लागि आरोहणको बाटो खुल्यो, पहिलोपटक शेर्पा टोली पुगेपछि अब अन्य आरोहीहरु जान्छन्’ उनले भने ।
शेर्पा समूहमा टोली प्रमुख डेन्डी शेर्पा ९दोलखा०, तेन्जिङ ग्याल्जेन शेर्पा, ९सोलुखुम्बु०, पेम्बा टासी शेर्पा ९सङ्खुवासभा०, लाक्पा शेर्पा ९सङ्खुवासभा०, दावा रिन्जे शेर्पा ९सङ्खुवासभा०, दावा शेर्पा ९सङ्खुवासभा०, पाम दोर्जी शेर्पा९सोलुखुम्बु०, सुकबहादुर तामाङ ९सङ्खुवासभा०, नामग्याल दोर्जे तामाङ ९सोलुखुम्बु० र लाक्पा रिन्जी शेर्पा ९सङ्खुवासभा० छन् । यो वसन्त ऋतुमा ४१ वटा समूहका चार सय १४ आरोहीले सगरमाथ चढ्ने अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।