
काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ ।यस दिन छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।