Sun. Mar 9th, 2025

कैलालीमा मारिएका एसएसपी न्यौपानेलाई मृत्युपछि डीआईजीमा बढुवा

police death

८ भदौ काठमाडौँ – सरकारले कैलालीको टीकापुरमा भएको घटनामा कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका सुरक्षा कर्मचारीको सम्मानमा मरणोपरान्त एक तह पदोन्नति गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत तथा जवानले कर्तव्य पालनाका क्रममा देखाएको दृढता र अनुशासन सबैका लागि अनुकरणीय र अत्यन्त सम्मानयोग्य भएका कारण कायम रहेकोभन्दा एक तह बढुवा सम्मानार्थ गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । सरकारले टीकापुर घटनाको अध्ययन तथा छानबिन गर्न राष्ट्रिय अनुसन्धान विभागका पूर्व मुख्य निर्देशक देवीराम शर्माको अध्यक्षतामा अतिरिक्त प्रहरी महानिरीक्षकद्वय प्रतापसिंह थापा र जीवन थापा, अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी र सहसचिव विनोद केसी रहेको समिति गठन गरेको छ ।

सरकारले टीकापुर घटना आपराधिक, अमानवीय र निन्दनीय भएको जनाउँदै त्यसको भत्र्सना गरेको छ । शान्ति सुरक्षाको स्थिति कायम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी गराउँदै प्रवक्ता डा रिजालले समाजमा शान्ति स्थापनाका लागि सबै नागरिकसँग आग्रह गर्नुभयो ।

टीकापुर घटनापछि केन्द्रीय सुरक्षा समितिको निर्णयानुसार दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको र ती क्षेत्रमा स्थानीय रुपमा सुरक्षा निकाय परिचालन गरिएको उहाँले जानकारी गराउनुभयो । “हिंसा मुलुकले थेग्न सक्दैन, मुलुक संविधान निर्माणका चरणमा छ”– डा रिजालले भन्नुभयो “ राजनीतिक असन्तोषलाई सम्बोधन गर्ने ठाउँ सिर्जना हिंसाबाट मुक्त भएमा नै गर्न सकिन्छ, यो सबैले बुझ्नु आवश्यक छ ।”

About The Author

अन्य समाचारहरु: