काठमाडौं – निर्वाचन आयोगले लेखापरीक्षण नगरेका राजनीतिक दलहरुलाई स्पष्टीकरण माग गरेको छ ।
आयोगको आइतबार बसेको बैठकले लेखापरीक्षण नगर्ने र सार्वजनिक नगर्ने ती दलहरूलाई निर्देशन दिएको हो । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूमध्ये आर्थिक वर्ष २०७९र८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधि ८२ राजनीतिक दलले पेस गरेका थिए ।
यी मध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने बिस राजनीतिक दल र समय व्यतीत भएपश्चात् लेखापरीक्षण प्रतिवेदन पेस गर्ने १३ राजनीतिक दल मध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने १ राजनीतिक दल गरी २१ वटा राजनीतिक दलले लेखापरीक्षण प्रतिवेदन सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालका माध्यमबाट ७ दिनभित्र सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी विवरण आयोगमा पेस गर्न निर्देशन दिएको छ ।