Tue. Nov 26th, 2024

परराष्ट्र मन्त्रालयले गर्‍यो कतारकाअमिरको नेपाल भ्रमणको औपचारिक घोषणा

काठमाडौं – परराष्ट्र मन्त्रालयले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको औपचारिक घोषणा गरेको छ । परराष्ट्रले आइतबार विज्ञप्ति जारी गर्दै कतारका अमिरले यही वैशाख ११ र १२ गते नेपालको भ्रमण गर्ने औपचारिक घोषणा गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउन लागेको परराष्ट्रले जनाएको छ ।

कतारका अमिरले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् ।

कतारका अमिर थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

About The Author

अन्य समाचारहरु: