काठमाडौं -ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेलको मैदान हिलो भएका कारण टसमा ढिलाइ भएको छ।
ओमानको अल अमिरत क्रिकेट स्टेडियममा ११स्४५ बजे हुने खेलको टसमा ढिलाइ भएको हो। गए रातिको वर्षाका कारण मैदान भिजेको थियो। नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ।
मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो।समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ।
दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ। साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २(२ अंक जोडेका छन्।
समूहको अन्तिम खेलमा नेपालले साउदीसँग खेल्दा मलेसियाले हङकङसँग भिड्नेछ। समूहमा कतारसहित चार टिमको दोस्रो हुने सम्भावना छ।