Tue. Nov 26th, 2024

कांग्रेसले भन्यो- अब गृहमन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामाको रणनीति बनाउने भएको छ । सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै आएको कांग्रेसले अब उनको राजीनामालाई बटमलाइन बनाउने भएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेबारे संसदीय छानबिन समितिको मुद्दाबाट अगाडि बढ्ने बताए । ‘अब संसदीय समिति–समिति भन्दा त अगाडि बढ्छ । राजीनामासम्म पुग्छ,’ उनले भने ।

सहकारी ठगीमा रवि लामिछाने निर्दोष भएको जवाफ दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब माफी माग्नुपर्ने लेखकले बताए । ‘सहकारीबाट रित नपुर्‍याएर कर्जा लिएको भनिएको छ । त्यो कर्जा अहिलेसम्म पनि तिर्न बाँकी छ भनेको छ । प्रधानमन्त्रीले रवि लामिछाने निर्दोष छन् । कुनै प्रमाण छैन । प्रहरीसँग मैले कुरा गरिसकेँ भन्नुहुन्छ । त्यसैले यो मुद्दा अलि पेचिलो बन्दै जान्छ ,’ उनी भन्छन् ।

यस्तै प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेले सहकारीको रकम अपलन गरेको पुष्टि हुँदा प्रतिवाद नबनाइनु मजाकको हद भएको उनको भनाइ छ ।

About The Author

अन्य समाचारहरु: