काठमाडौं – आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र छपाइको काम सोमबार सकिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिसभाअन्तर्गत इलाम–२ का लागि एक लाख २८ हजार र प्रदेशसभातर्फ बझाङ १ (क)का लागि ६८ हजार मतपत्र छापिएको छ । मतपत्र बुधबार जिल्ला पठाइने उनले बताए । “सोमबार छपाइ सम्पन्न भयो । मतपत्र प्याकिङको काम भइरहेको छ । भोलि जिल्ला पठाउँछौँ,” पौडेलले भने ।
मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रंगको चिह्न र विवरण रहेको छ । इलाम–२ मा १९ र बझाङ–१ (क) मा ११ उमेदवार रहेका छन् ।