Thu. Mar 20th, 2025

धादिङ सेवा समाज कतारद्वारा गायिका अस्मिता डल्लाकोटीलाई सम्मान

धादिङ -धादिङ सेवा समाज कतारले लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीलाई सम्मान गरेको छ ।
तनहुँ सेवा समाज कतारले आयोजना गरेको कार्यक्रममा कतार पुगेकी गायिका डल्लाकोटीलाई कतारको नज्मा स्थित ओल्ड दरबार रेष्टुरेन्टको सभाहलमा सम्मान गरिएको सहकर्मी राज श्रेष्ठले जानकारी दिएका छन् ।

धादिङ सेवा समाज कतारका संयोजक सोमनाथ कडेलको सभापतित्व सम्पन्न कार्यक्रममा गायिका अस्मिता डल्लाकोटीको प्रमुख आतिथ्य रहेको थियो । गायिका डल्लाकोटीले नेपालबाट कतार आएर आफ्नो प्रस्तुति दिन पाउँदा आफूलाई निकै गौरव लागेको बताउदै धादिङ सेवा समाज कतारले दिएको यो माया र सम्मानले जन्मभूमिप्रति अझ जिम्मेवारी थपिएको र गीत संगीतमा मिहेनत गर्न ऊर्जा मिलेको बताएका थिए ।

About The Author

अन्य समाचारहरु: