Fri. Jan 31st, 2025

नीलकण्ठ नगरपालिका–९ स्थित सल्लाघारी बालपार्कको औपचारिक रुपमा उद्घाटन

धादिङ -पछिल्लो समय आन्तरकि पर्यटकहरुले भरिभराउ हुने नीलकण्ठ नगरपालिका वडा नम्बर -९ सल्लाघारीमा निर्माण गरिएको सल्लघारी बालपार्कको औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

नव वर्ष २०८१ को अवसरमा बालपार्कको उद्घाटन गरिएको हो । सल्लाघारी लहरेपाखा सामुदायिक वनको आयोजना तथा नीलकण्ठ नगरपालिका वडा नम्बर-९ को सहयोगमा शुभकामना आदान प्रदान एवंम बालपार्क उद्घाटन गरिएको थियो ।नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुङ्गानाले उद्घाटन गरेका हुन्।

पार्कको उद्घाटन गर्दै ढुङ्गानाले पार्कको व्यवस्थापनको लागि विशेष पहल गर्ने बताए । पार्कलाई अझै व्यवस्थित गरेर लैजान संघ र प्रदेश सरकारसँग समन्य गरेर अघि बढ्ने बताए । देशकै नमुना पार्ककको रुपमा विकास गराउन सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।

आन्तरिक तथा बाह्य पर्यटक बढि भन्दा बढि भित्¥याउन योजना बनाउन अघि बढेको बताए । सल्लाघारी लहरेपाखा सामुदायिक वन समितिसंग सहकार्य गर्दै अहिले १ लाखको बजेटमा फुलको गुच्छा र फोटो खिच्न मिल्ने ठाउँहरुमा झिलिमिलि बत्तिको समेत व्यवस्था गरिएको वडा अध्यक्ष राजन बराईलीले बताए ।

पार्कमा निर्माण भएका संरचनाहरुको सुरक्षाको लागि हेरालुको व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो । उनले भने –‘स्थानियहरुको जिविकोपार्जमा मद्धत पुग्ने उनिहरुको अपेक्षा छ । पार्कमा ट्रस्ट निर्माण गर्नुपर्ने, खानेपानीको सहज उपलब्ध गर्नुपर्ने र शनिबारे हाटबजारलाई निरन्तरता दिनुपर्ने कार्यक्रममा उपस्थित स्थानियहरुले माग राखेका थिए । पछिल्लो समय सल्लाघारीमा आन्तरिक तथा बाह्य पर्यटकको घुंईचो लाग्ने गरेको छ । ’

सल्लाघारी लहरेपाखा सामुदायिक वनका अध्यक्ष भवनाथ लंसालको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदान प्रदान एवंम बालपार्क उद्घाटन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुगानाको प्रमुख आतिथ्य तथा उपप्रमुख दिपक विश्वकर्माको विशेष आतिथ्य रहेको थियो ।

About The Author

अन्य समाचारहरु: