Fri. Mar 7th, 2025

भारतमा विश्वकै पहिलो ‘सोलार एयरपोर्ट’

solar-field-airport

भारत – भारतीय राज्य केरलामा अवस्थित कोची अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सौर्यउर्जाबाट सञ्चालित विश्वकै पहिलो बिमानस्थल बनेको छ ।

४५ एकड जमिनमा फैलिएको करिब ४६ हजार सोलार प्यानल मार्फत यहाँ दैनिक ५० देखि ६० हजार युनिट विद्युत उत्पादन हुन्छ ।

यो बिमानस्थलले सन् २०१३ देखि सौर्यउर्जाको प्रयोग गर्न सुरु गरेको हो । त्यतिबेला बिमानस्थलको एउटा टर्मिनलको छतमा सोलार प्यानल राखिएको थियो । त्यसपछि क्रमशः विस्तार गर्दै अहिले १२ मेघावाट बराबरको ४६ हजार प्यानल जडान भइसकेको छ ।

सौर्य परियोजनाको दिर्घकालिन रुपमा उल्लेखनीय प्रभाव रहने अधिकारीहरुले बताएका छन् । यो सौर्य उर्जा प्रविधिले आगामी २५ बर्षमा ३ लाख टन कार्वनको उत्सर्जन न्यूनिकरण गर्ने अपेक्षा गरिएको बिमानस्थल सञ्चालक कोची अन्तर्राष्ट्रिय बिमानस्थल लिमिटेडले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: