Fri. Mar 7th, 2025

को हुन् एसएसपी लक्ष्मण न्यौपाने ? 

laxman

८ भदौ, काठमाडौँ – झापाको चन्द्रगढी स्थायी घर भएका एसएसपी लक्ष्मण न्यौपाने ०७१ भदौमा सेती अञ्चल प्रहरी प्रमुख भएर धनगढी गएका थिए । उनी यसअघि धौलागिरि अञ्चल प्रहरी प्रमुख थिए । एक वर्ष कार्यकाल पूरा गरी उनको यसै महिना त्यहाँबाट सरुवा हुँदै थियो ।

२९ चैत ०४४ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका न्यौपानेको दुई वर्षअघि मात्रै एसएसपीमा बढुवा भएको थियो । पछिल्लो समय उनको परिवार काठमाडौंको सिनामंगल बस्दै आएको थियो । उनको पुख्र्यौली घर भोजपुरको गोगने हो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा सन्देश एक महिनादेखि धनगढीमा बुबासँगै बस्दै आएका थिए ।

सिनामंगलस्थित न्यौपानेको घरमा परिवारलाई सान्त्वना दिन आइजिपी उपेन्द्रकान्त अर्याल, एआइजी तथा डिआइजीहरू गए । उनकी पत्नी अरुणा बेहोस भएपछि अस्पताल पुर्‍याइएको थियो । घटनामा मारिएका इन्स्पेक्टर बोहरा भिआइपी सुरक्षामा अब्बल प्रहरी अधिकृत मानिन्छन् । उनी लामो समय कांग्रेस नेता शेरबहादुर देउवाको पिएसओ बसेका थिए ।

उनी असईबाट प्रहरी सेवामा भर्ना भएका थिए । अञ्चल प्रहरी गुल्मबाट उनी टीकापुरमा खटिएका थिए । आन्दोलनकारीबाट मारिएका अर्का इन्स्पेक्टर बलराम विष्ट इप्रका टीकापुरबाट खटिएका थिए । नयापत्रिकाबाट

About The Author

अन्य समाचारहरु: