
धादिङ-धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ भद्रकाली मन्दिर परिसरमा यात्रु प्रतिक्षालय तथा प्रहरी सुरक्षा भवनको उद्घाटन गरिएको छ ।नव निर्मित भवनको आज एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष गण्शेललाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे र जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम केसीले संयुक्त रुपमा उद्घाटन गरेको हो ।

अम्बे आयल प्रा।लि, मलेखुको १४ लाख ५० हजार आर्थिक सहयोग तथा धादिङ मिलन केन्द्रको जग्गा सहयोगमा यात्रु प्रतिक्षालय तथा प्रहरी सुरक्षा भवनको निर्माण सम्पन्न भएको हो । जिर्ण भवनबाट सेवा प्रवाह हुँदै आएकोमा अबदेखि सुविधा सम्पन्न नयाँ भवनबाट सेवा सञ्चालन हुनेछ । प्रहरीको सेवा चुस्त दुरुस्त बनाउन र नागरिकलाई शान्ती सुरक्षा प्रदान गर्न सहज हुने अपेक्षा गरिएको छ ।