Fri. Mar 7th, 2025

भुकम्पमा मरेका पशुचौपायाको क्षतिपुर्ति पाउने

death animal

तिप्लिङ (धादिङ) – उत्तरी धादिङका भूकमप पीडितहरुले भूकम्पबाट मरेका पशुचौपायको क्षतिपुर्ति पाउने भएका छन् ।

भुकम्प पछि राहत उद्धार र पुनस्थापनाको लागि हिमाली क्षेत्रका गाउँ विकास समितिहरुमा सक्रिय रहेको संस्था हिमालयन हेल्थ केयरले उत्तरी क्षेत्रका तीन गाउँ विकास समितिहरु लापा, सेर्तुङ र तिप्लिङका स्थानियहरुको मरेका पुशचौपायाहरु खरिद गरिदिने भएको छ । हिमालय हेल्थ केयर धादिङका जिल्ला संयोजक शम्भु सिंह ठकुरीले भने, ‘हिमाली क्षेत्रमा खेती किसानी गरेर गुजारा गरिरहेका किसानहरुलाइ भुकम्पले ठुलो असर पु¥याएको छ । एकातिर घर भत्किएको छ भने गाइबस्तु र भेडा चौरीहरुपनि गुमाउदा उनीहरुको आयआर्जनका बाटो नै बन्द हुने भएपछि हामीले राहत स्वरुप जजस्को जे क्षति भएको छ त्यही खरिद गरिदिने भएका छौँ ।’

१२ र २९ गतेको विनाशकारी भुकम्पका कारण धादिङको उत्तरी क्षेत्रमा मात्रै १ सय ७५ ब्यक्तिको मृत्यु भएको थियो भने लापा, सेर्तुङ र तिप्लिङ गाउँ विकास समितिमा ७ सय ६१ वटा पशुचौपाया मरेका थिए । अहिलेसम्म सडक संजालले नछोएको उत्तरी क्षेत्रमा राहत वितरण कार्य पनि कठिन हुदै आएको छ । भुकम्प पछि पनि त्यही बसिरहेको जनतालाइ प्रत्यक्ष लाभ मिल्ने भएकाले पशुचौपायाहरुको राहत दिए उनीहरुको आयआर्जनमा पनि सहयोग पुग्ने भएकाले जिल्ला दैवि प्रकोप उद्धार समितिसंगको समन्वयमा क्षति भएका पशुचौपायाहरु खरिद गरेर गाउँमा नै पु¥याइ प्रदान गरिने हिमालयन हेल्थ केयरका कुलमणी बस्नेतले जानकारी दिए । तीन गाउँ विकास समितमा मरेका ७ सय ७१ पशु चौपाया खरिद गर्नको लागि ६६ लाख ३४ हजार विनियोजन बस्नेतले बताए ।

About The Author

अन्य समाचारहरु: