Sat. Mar 1st, 2025

शिक्षाका अग्रणी मुक्तिनाथ अधिकारीको जिवनी वृत्तचित्र र स्मृतिग्रन्थ सार्वजनिक

धादिङ– आफू नपढेरपनि मैदीबासीका लागि विश्वविद्यालय जस्तो उचो नाम बनाउन सफल ज्वालामूखी गाउँपालिका वडा नम्बर ३ का मुक्तिनाथ अधिकारीको पहिलो स्मृति दिवस मनाइएको छ । उनको जिवनीमा आधारित वृत्तचित्र र स्मृति ग्रन्थ सार्वजनिक पनि गरिएको छ ।

तत्कालिन मैदी गाउँ पंचायतमा वि.स. १९८७ साल असोज १५ गते मुक्तिनाथ अधिकारीको जन्म भएको थियो । ७ वर्षको उमेरमा ब्रतबन्ध गरि ८ वर्षको उमेरमा नन्द कुमारी संग विवाह भयो । आफु २७ वर्षको हुँदा पत्नी नन्द कुमारीको निधन भएपछि एक कुमारी संग दोस्रो विवाह गर्न बाध्य भए । उनको   ५ छोरा ५ छोरी छन् ।

अधिकारीको थातथलो सिरुवानीबाट मैदी बसाइँ सरेर आएका मुक्तिनाथको पुर्खा अहिले नेपालको राजनीतिक र सामाजिक क्षेत्रको उच्च ओहदामा समेत पुगेका छन् । बाँचुञ्जेल सदैव जनताको हित, मानवधर्म, सामाजिक सेवा र शैक्षिक उन्नयनका लागि आफुलाई सर्मपित गरेका अधिकारी वि स २०७९ साल चैत्र २ गते ९२ वर्षको उमेरमा निधन भएको थियो ।

आफूले औपचारिक शिक्षा नपाएपनि गाउँमा विद्यालय नभएकोले वि.स. २०२१ सालमा शमिभञ्ज्याङमा प्रावि स्थापना भएपनि ५ कक्षा भन्दा माथी पढ्का लागि छोराछोरीले गाउँ नै छोड्नुपर्ने अवस्थाले उनले मनमा माथिल्लो तहको विद्यालय खोल्ने चाहना बमोजिम शमिभज्याङ निमावि, माध्यामिक, उच्छ माविसम्म स्थापना गरेकोले पनि गाउँमा शिक्षासेवी भनेर मुक्तिनाथ अधिकारीलाई चिनिन्छ ।

अधिकारीको पहलमा  ठुलोचौर प्रावि मैदी, अमरावती प्रावि मैदी र देउराली प्रावि ससाह लगाएतको विद्यालय स्थापना भएको पाइन्छ ।वडा अध्यक्ष भएर कृषिमा क्रान्ति नै गरेका छन् ।

गुठी विर्ता गुठीमा जनताको पक्षमा फैसला गराउन आफैँ अड्डा अदालत पुग्ने र कानुन पढेर जाने मुक्तिनाथ अधिकारीकोे जिवनीमा आधारित ५० मिनेट लामो वृत्तचित्रको लोकार्पण गरिएको छ । मुक्तिनाथका बहिनी ८७ वर्षीया बालकुमारी अर्यालले वृत्तचित्रको सार्वजनिकीकरण गरेका थिए । सीताराम अधिकारीले लेखन, निर्देशन गरेको वृत्तचित्रकोमा सामाजिक अगुवाहरुको भनाइहरु समेत समाबेश छ ।

सोही अबसरमा मुक्तिनाथ स्मृतिग्रन्थको बिमोचन समेत गरिएको छ । मुक्तिनाथ स्मृति सेवा समाजद्वारा ३ सय ५२ पृष्ठको स्मृतिग्रन्थमा ८५ विषयहरु समावेश गरिएको समालोचक डा रामहरी लम्सालले बताए । प्राज्ञ नरनाथ लुइटेल, डा. रामहरी शर्मा लम्साल, लेखनाथ अर्यालको अतिथि सम्पादक रहेको स्मृतिग्रन्थको ज्वालामूखी गाउँपालिका वडा नम्बर ३ स्थित निवासमा आयोजित कार्यक्रममा विमोचन गरेका हुन् ।

कार्यक्रममा संबिधानसभा सदस्य शेषनाथ अधिकारी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, बागमति प्रदेश सभा सदस्य शिवराज अधिकारी, नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना, ज्वालामूखी गाउँपालिका अध्यक्ष यमनाथ दनै लगायतले मुक्तिनाथ अधिकारकिो विविध आयाम र योगदानमाथी चर्चा गर्दै पदचाप पछ्याउनुपर्ने बताए ।

About The Author

अन्य समाचारहरु: